२३ असार २०७९, बिहीबार   240 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल एसबिआई बैंक लिमिटेडले आज असार २२ गते देखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले ५ वर्ष अवधिको , १०.२५%  ब्याजदर भएको “५ वर्ष, १०.२५% नेपाल एसबिआई बैंक ऋणपत्र २०८३” नामक ऋणपत्र रुपैया १००० अंकित दरमा ३० लाख कित्ताको ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्रि गर्ने  भएको  छ । 

सो मध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार २६ गते र ढिलोमा साउन ४ गते सम्म आबेदन दिन सकिने जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार