
पालिका एक्सप्रेस,अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने असार २३ गते आज अन्तिम दिन रहेको छ।
कम्पनीले सर्व-साधारणका लागि साधरण शेयर (आईपीओ) निष्काशन गरेको हो।कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो।
निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
साथै ,मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिनेछ।