
पालिका एक्सप्रेस,ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गते आजबाट ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री गर्ने भएको हो। यो एक १० वर्ष अवधिको बन्दमुखी योजना हो।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत मध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्व-साधरणलाई बिक्री गर्न लागेको हो।
उक्त फण्डमा न्यूनतम १०० देखि अधिकतम एक करोड २० लाख इकाई सम्म आवेदन दिन सकिने जनाएको छ। ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा आबेदन छिटोमा असार २६ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिने सकिने जनाएको छ।
उक्त फण्डको इकाईमा इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्ने छन्।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइमएमई क्यापिटलले गरेको छ ।