PalikaExpress
२० असार २०७९, सोमबार
327 पटक हेरिएको

पालिका एक्सप्रेस, सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको , ११% ब्याजदर भएको “५ वर्ष, ११% सिभिल बैंक डिबेञ्चर, २०८४” नामक ऋणपत्र रुपैया १००० अंकित दरमा ५० लाख कित्ताको ५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्रि गर्ने भएको छ ।

सो मध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्व-साधारणलाई बिक्री गरिने जनाएको छ भने बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने भएको छ।
यस बैंकको सो ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बैंकले ऋणपत्र निष्काशन गर्न नियामक निकायमा असार १६ गते निबेदन दिएको छ ।