२० असार २०७९, सोमबार   250 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।कम्पनीले साधारण शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा लगायत  सर्व-साधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३१ लाख ५० हजार कित्ताको ३१ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न असार १५ गते नियामक निकाय सेबोनमा निवेदन पेश गरेको हो ।

यस हाईड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार