२० असार २०७९, सोमबार   291 पटक हेरिएको


image

पालिका एक्सप्रेस,अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्व-साधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा  आज असार २० गते बाट आवेदन दिन सकिने  छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ताको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । 

जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख २० हजार ४७५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस कम्पनीको साधारण शेयर (आईपीओ)मा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले छिटोमा असार २३ गते सम्म ढीलोमा साउन २ गते सम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै मेरो शेयर एप तथा पोर्टल बाट पनि आवेदन दिन सकिनेछ ।यस कम्पनीको साधारण शेयर (आईपीओ)मा शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार