PalikaExpress
१९ असार २०७९, आईतवार
553 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको , १०.५% ब्याजदर भएको “५ वर्ष, १०.५% नेपाल बैंक डिबेञ्चर, २०८४” नामक ऋणपत्र रुपैया १००० अंकित दरमा २५ लाख कित्ताको २ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्रि गर्ने भएको छ ।

सो मध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्व-साधारणलाई बिक्री गरिने जनाएको छ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने भएको छ।
यस बैंकको सो ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ । बैंकले ऋणपत्र निष्काशन गर्न नियामक निकायमा असार १० गते निबेदन दिएको छ ।