१९ असार २०७९, आईतवार   198 पटक हेरिएको


image

पालिका एक्सप्रेस,हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गते देखि असार १९ गते सम्म सर्व-साधारणका लागि  जारि गरेको साधारण सेयर (आईपीओ)मा आबेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ताको १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी गरेको छ । 

जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले असार १९ गते सम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एप र पोर्टल मार्फत शेयर आबेदन दिन सक्नेछन् ।

यस कम्पनीको आइपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।





सम्बन्धित समाचार