१५ असार २०७९, बुधबार   373 पटक हेरिएको


image

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको छ । कुल १ हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनि खोलिएपछि कम्पनीको अधिकृत पूँजी ६० अर्ब रुपैयाँ बराबरको हुनेछ । सो पूँजीलाई प्रतिशेयर १०० रुपैयाँका दरले कुल ६० करोड कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । कम्पनीको तत्काल जारी पूँजी २० अर्ब रुपैयाँ बराबरको हुनेछ ।

कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत, ऊर्जा मन्त्रालयको ४० प्रतिशत बराबरको शेयर रहनेछ । प्राधिकरणको १४ प्रतिशत शेयर रहनेछ । विद्युत् उत्पादन कम्पनीको एक प्रतिशत अर्थात् ६० लाख कित्ता रहनेछ । त्यस्तै स्थानीयवासीको १० प्रतिशत अर्थात् ६ करोड र सर्वसाधारणको पनि समान ६ करोड कित्ता बराबरको शेयर प्राप्त गर्नेछन् । कम्पनीले आगामी दिनमा स्थानीयबासीको लागि ६ करोड कित्ता बराबरको शेयर निस्कासन गर्ने छ भने सर्बसाधारण को लागि पनि समान ६ करोड कित्ता बराबरको शेयर निस्कासन गर्ने छ। कम्पनीको सञ्चालक समितिमा भने सात जना रहने व्यवस्था गरिएको छ । सरकारको तर्फबाट तीन जना, ऊर्जा मन्त्रालयका सचिव, ऊर्जा र अर्थ मन्त्रालयका एक/एक जना, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ । सो अयोजनाबाट धादिङ र गोरखाका साविक २५ गाविसका झण्डै ५० हजार मानिस प्रभावित हुनेछन्।





सम्बन्धित समाचार