१३ असार २०७९, सोमबार   191 पटक हेरिएको


image

कास्की, कास्की जिल्लाको पोखरा उपमहानगरपालिका २५ स्थित सुईखेतमा अविरल वर्षाको कारण नहरमा आएको पानी बहाव बढ्न गई म्याग्दे बस्तीमा पस्दा डुवानमा परेका करीव ७० घरपरिवारका ३ सय जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले असार १० गते सुरक्षित स्थानमा सारेको छ ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी उपरीक्षक बिजय के.सी.को कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारका सामान तथा पशुचौपाया सुरक्षित स्थानमा सारेको हो । उक्त स्थानमा पहिरो गई करीव १४ वटा बाख्रा समेत पुरिएको बताईएको छ ।





सम्बन्धित समाचार