२० कार्तिक २०७७, बिहीबार   336 पटक हेरिएको


image

यसै बर्ष देखि लागू हुने भनिएको कक्षा- ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आज २०७७.०७.२० बिहीबार भएको न्यायाधीस पुरुषोत्तम भण्डारीको एकल इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।


भागवत अर्यालले कक्षा ११ मा यस वर्ष नयाँ पाठ्यक्रम लागू नगर्ने आदेश जारी हुनुपर्ने माग गर्दै पाठ्यक्रम विकास केन्द्रविरुद्ध उत्प्रेषण मुद्दा दायर गरेका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

बिगत २०७६ मा नै सरकारले यसै बर्ष बाट पाठ्यक्रम परिबर्तन गर्ने गरी तैयारी गरेको थियो ।सरकारले गत वर्ष राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ स्वीकृत गर्दै २०७७ बाट लागू गरिने तयारी गरेको थियो। तर शैक्षिक सत्र सुरु हुने बेला कोरोना कहरको कारण लामो अवधिसम्म निषेधाज्ञा र लकडाउन भएकाले कक्षा ११ मा भर्ना समेत हुन सकेको छैन। निजी विद्यालयहरूले पनि यस वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न तयारी नपुग्ने भन्दै विरोध गर्दै आएका थिए र निजी बिधालयले पुरानो पाठ्यक्रम भर्चुअल कक्षा सुरु गरि अध्यापन सुरु नै गरेको मा सरकारले नगर्न आदेश जारी गरी रोकेको थियो ।


तर सरकारले भने नयाँ पाठ्यक्रम अनुसार नै कक्षा ११ मा पठनपाठन हुने भन्दै सचेत रहन अभिभावक तथा विद्यार्थीमा आग्रहसमेत गरेको थियो।

नयाँ पाठ्यक्रम तत्काल सुरु  भइनसकेको तर तत्काल टुंग्याउनुपर्ने विषय भएको ठहर गर्दै सर्वोच्चले अग्राधिकारमा राखेको समेत जनाएको छ।





सम्बन्धित समाचार