PalikaExpress
११ असार २०७९, शनिबार
350 पटक हेरिएको

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्याएको छ भने डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्याएको हो।
सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। यसअघि भने पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।