१० असार २०७९, शुक्रबार   178 पटक हेरिएको


image

काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युसन प्रा.लि.बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरहेका छन् ।

सम्झौता पश्चात इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमा सम्म हस्पिटल बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।

सो अवसरमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले हस्पिटलले आफना ग्राहकलाई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको बताए ।उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमईबाट प्राप्त गर्न सक्ने भन्दै ढुक्क भएर सेवा लिन पनि आव्हान गरेको विज्ञप्तिा उल्लेख छ ।





सम्बन्धित समाचार