७ असार २०७९, मंगलवार   282 पटक हेरिएको


image

पालिका एक्सप्रेस, हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्रि गर्ने भएको छ।

यस  हाइड्रोपावर कम्पनीले असार १५ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयर मध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ।

सर्व-साधारणले बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर र अधिकतम १००० कित्ताको  लागि आवेदन दिन सक्ने छन्।

यस कम्पनीको शेयर निष्काशन बन्द छिटोमा असार १९ गते र  ढिलोमा असार २९ गते सम्म आबेदन दिन सकिने जनाएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ।

साथै, मेरो शेयर एप र  पोर्टलबाट पनि आवेदन दिन सकिने छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार