७ असार २०७९, मंगलवार   232 पटक हेरिएको


image

पालिका एक्सप्रेस, दोर्दी खोला जलबिद्युत कम्पनी लिमिटेडले सर्व-साधारणका लागि निष्काशन गरेको  आईपीओको बाँडफाँड असार ८ गते बुधबार बिहान ९ बजे हुने भएको छ ।   

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।निष्काशन गरिएको कुल शेयर मध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।

कम्पनीले निष्कासन गरेको शेयरको अन्तिम दिन सम्म १५ लाख ६४ हजार ५ सय २२ जना लगानीकर्ताले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए ।

यस कम्पनी साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार