PalikaExpress
४ असार २०७९, शनिबार
292 पटक हेरिएको

पालिका एक्सप्रेस, सानिमा बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको , १०.२५% ब्याजदर भएको “१० वर्ष, १०.२५% सानिमा डिबेञ्चर, २०८९” नामक ऋणपत्र रुपैया १००० अंकित दरमा ५० लाख कित्ताको ५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्रि गर्ने भएको छ ।

सो मध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्व-साधारणलाई बिक्री गरिने जनाएको छ भने बाँकी ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिंग लिमिटेड रहेको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले सो ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न जेष्ठ ३० गते अनुमति प्राप्त गरेको छ ।