PalikaExpress
३ असार २०७९, शुक्रबार
204 पटक हेरिएको

पालिका एक्सप्रेस,बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्व-साधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज असार ३ गते शुक्रबार हुने भएको छ।
यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो ३ बजे पछि हुने तय गरिएको जानकारी प्राप्त भएको छ ।
हाइड्रोपावर कम्पनीले सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) प्रतिशेयर १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
निष्काशन गरिने कुल शेयर मध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरि बाँकी सर्व-साधारणले १३ लाख ६५ हजार कित्ताका लागि आवेदन खुल्ला गरेको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।