२ असार २०७९, बिहीबार   162 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले  असार २ गते आजबाट  आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले यस कम्पनीको साधारण शेयरमा छिटोमा असार १६ गते र ढिलोमा असार ३१ गते सम्म आवेदन दिन सक्ने जनाएको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले प्रभु बैंक लिमिटेड शाखा कार्यालय, ताराखोला, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, गल्कोट, कामना सेवा विकास बैंक, गल्कोट, एनआईबिएल एस क्यापिटल लाजिम्पाट र प्रभु बैंक लिमिटेड शाखा कार्यालय, गल्कोटबाट आवेदन दिन सक्ने छन्।





सम्बन्धित समाचार