२ असार २०७९, बिहीबार   277 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिद्धार्थ बैंक लिमिटेडले असार १० गते देखि ‘एसबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

बैंकले १० वर्ष अवधिको , १०.७५%  ब्याजदर भएको “१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९” नामक ऋणपत्र रुपैया १००० अंकित दरमा ४० लाख कित्ताको ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्रि गर्ने  भएको  छ । 

सो मध्ये ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्व-साधारणलाई बिक्री गरिने जनाएको छ भने बाँकी ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्र मध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सो ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गते सम्म र ढिलोमा असार २४ गते सम्म आबेदन दिन सकिने जनाएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्ने छन्।





सम्बन्धित समाचार