२९ जेष्ठ २०७९, आईतवार   400 पटक हेरिएको


image

पालिका एक्सप्रेस, हिमालयन बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासन गर्न  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका  छ ।

बैंकले रुपैया १००० अंकित दरमा २५ लाख कित्ताको २ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न जेठ २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको  छ ।

कुल  निष्कासित ऋणपत्र मध्ये बैंकले सर्व-साधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५  लाख कित्ता बिक्री गर्ने जनाएको छ ।

बैंकले ७ वर्ष अवधि ,वार्षिक १०.५ प्रतिशत व्याजदर “७ वर्ष, १०.५% हिमालयन बैंक लिमिटेड बन्ड, २०८६” नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यस  बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार