२८ जेष्ठ २०७९, शनिबार   176 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिवाईसी नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सिवाईसी नेपाल लघुवित्त संस्था लिमिटेडको शेयर धितोपत्र बजारमा सोमबारबाट कारोबारमा आउने भएको छ। लघुवित्तको शेयरलाई नेप्सेले सिवाईसीएल (CYCL) कारोबार संकेत प्रदान गरेको छ । 

यस लघुवित्तको १२ लाख १६ हजार ४१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्व-साधारणलाई निष्काशन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले न्यूनतम ३४४.३६ रुपैयाँ देखि १०३३.०८ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।





सम्बन्धित समाचार