२८ जेष्ठ २०७९, शनिबार   422 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने  भएको छ । बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति प्राप्त गरेको छ ।

बैंकले १० वर्ष अवधिको  “१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९” नामक ऋणपत्र रुपैया १००० अंकित दरमा ४० लाख कित्ताको ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न  अनुमति प्राप्त गरेको  छ । 

निष्कासन गरिने कुल ४० लाख कित्ता ऋणपत्र मध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

यस बैंकको  ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार