२७ जेष्ठ २०७९, शुक्रबार   207 पटक हेरिएको


image

पालिका एक्सप्रेस, दोर्दी खोला जलविद्युत कम्पनीको साधारण शेयर (आइपीओ)मा पहिलो दिनमा नै सीडीएसका अनुसार २ लाख ९६ हजार १३ जनाले ३५ लाख ८० हजार ४८० कित्ताको  ३५ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १.७७ गुणा बढी आवेदन हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्कासन गरेको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गरेको छ।

निष्काशन गरिएको कुल शेयर मध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।

सर्व-साधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । 

इच्छुक लगानीकर्ताले छिटोमा जेठ ३१ गते र ढीलामा असार ९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै, मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सक्ने छन ।यस कम्पनी साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार