२५ जेष्ठ २०७९, बुधबार   247 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले असार २ गते देखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थायी बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताहरुले यस कम्पनीको साधारण शेयर (आईपीओ) मा प्रभु बैंक लिमिटेड शाखा कार्यालय, ताराखोला, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, गल्कोट, कामना सेवा विकास बैंक, गल्कोट, एनआईबिएल एस क्यापिटल लाजिम्पाट र प्रभु बैंक लिमिटेड शाखा कार्यालय, गल्कोटबाट आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार १६ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 यस कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 





सम्बन्धित समाचार