
पालिका एक्सप्रेस, मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गते देखि स्थानीय वासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० अंकित दरका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
सो शेयरमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविकको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन्। यस कम्पनीको सो साधारण शेयरमा शेयर निष्काशन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार ३० गते जारि रहने जनाएको छ।
आईपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका ,साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ।