
पालिका एक्सप्रेस, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गते देखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
लघुवित्त कम्पनीले रुपैया १०० अंकित दरमा ६७ हजार कित्ताको ६७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो।लघुवित्तले निष्काशन गर्न लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
सर्व-साधारणले बाँकी ६२ हजार ६१५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।यस कम्पनीको सो आइपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप तथा पोर्टलबाट आवेदन दिन सक्ने छन्।