PalikaExpress
२० जेष्ठ २०७९, शुक्रबार
279 पटक हेरिएको

पालिका एक्सप्रेस, सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा सर्ब साधारणको लागि साधारण शेयर (आईपिओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले शेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९ लाख कित्ताको ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको थियो ।
यस कम्पनीलाई शेयर निष्कासन गर्न नियामक निकायबाट जेष्ठ १८ गते अनुमति दिएको छ । यस कम्पनीको शेयर निष्कासनका लागि निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।