२० जेष्ठ २०७९, शुक्रबार   430 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते आज बाट साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित दरमा सर्व-साधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयर मध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ।

बाँकी सर्वसाधारणले बाँकी १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।यस कम्पनीको सो साधारण शेयर निष्काशन बन्द छिटोमा जेठ २५ गते र  ढिलोमा असार ३ गते सम्म रहने जनाएको छ ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

साथै मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिने जनाएको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता सम्मको  लागि आवेदन दिन सक्ने छन्।





सम्बन्धित समाचार