PalikaExpress
१८ जेष्ठ २०७९, बुधबार
159 पटक हेरिएको

पालिका एक्सप्रेस,बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ ।कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय सेबोनमा निवेदन दिएका छन।
हाइड्रोपावर कम्पनीले रुपैयाँ १०० अंकित दरमा १:१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ताको २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको हकप्रद निष्कासन गर्न जेठ ११ गते सेबोनमा निवेदन दिएको छ।
यस कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।