१८ जेष्ठ २०७९, बुधबार   263 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने “एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड” नामक म्युचुअल फन्ड जेठ १९ गते बिहीबार देखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ  ।

फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।यस योजनाको अवधि ७ वर्षको रहेको छ ।

लगानीकर्ताले न्यूनतम १ सय इकाई देखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा छिटोमा जेठ २४ गते देखि ढिलोमा असार २ गते सम्म आवेदन दिन सक्ने छन   ।

यस योजना व्यवस्थापक  निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 





सम्बन्धित समाचार