१७ जेष्ठ २०७९, मंगलवार   217 पटक हेरिएको


image

पालिका एक्सप्रेस,दोर्दी खोला जलबिद्युत कम्पनी लिमिटेडले जेठ २६ गते देखि सर्व-साधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिएको कुल शेयर मध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।

सर्व-साधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले छिटोमा जेठ ३१ गते र ढीलामा असार ९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । 

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै, मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सक्ने छन ।यस कम्पनी साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार