१६ जेष्ठ २०७९, सोमबार   177 पटक हेरिएको


image

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन। २५ वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरे सहितको टोलीको अवस्था यो समाचार तयार पारुञ्जेल अज्ञात रहेको छ।

सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९ ५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए ।

क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए। उनीसँगै थिए २५ वर्षे कोपाइलट उत्सव पोख्रेलले उडान भरेका थिए । रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आएका हुन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।





सम्बन्धित समाचार