
पालिका एक्सप्रेस,बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि साधारण शेयर (आईपीओ )निष्काशन गर्ने भएको छ।
हाइड्रोपावर कम्पनीले सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) प्रतिशेयर १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयर मध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ।
बाँकी सर्व-साधारणले १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।
यस हाइड्रोपावरको शेयर निष्काशन बन्द छिटोमा जेठ २५ गते, ढिलोमा असार ३ गते हुने खुल्ला हुने जनाएको छ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।