
पालिका एक्सप्रेस,राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गते देखि आयोजना प्रभावित स्थानिय सर्ब-साधारणको लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
यस कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ९३ हजार को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पुर्बी रुकुम र पश्चिम रुकुम जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो ।
यस कम्पनीको साधारण शेयर (आईपीओ)मा स्थानियले न्यूनतम १० कित्ता देखि अधिकतममा ६ लाख कित्ताको लागि आवेदन दिन सक्ने जनाएको छ ।
लगानीकर्ताले आईपीओमा छिटोमा असार ७ गते र ढिलोमा असार २२ गतेसम्म आवेदन दिन सक्ने छन् । यस कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, सिस्ने रुरल नगरपालिका-६, छिपीदह रुकुम पूर्व, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, मुसिकोट रुकुम पश्चिम, सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय पुथा उत्तरगंगा रुकुम पूर्व, सिद्धार्थ बैंक लिमिटेड, शाखा कार्यालयहरु मुसिकोट, रुकुम पश्चिम प्रभु बैंक लिमिटेड, शाखा कार्यालयहरु रुकुमकोट, रुकुम पूर्वका शाखाबाट आबेदन दिन सकिने जनाएको छ ।
साथै , नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्ने जनाएको छ ।