१२ जेष्ठ २०७९, बिहीबार   272 पटक हेरिएको


image

पालिका एक्सप्रेस,कुमारी क्यापिटल लिमिटेडले निष्कासन गरेको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईका लागि जेठ १२ गते आज देखि आवेदन दिन सकिने भएको छ।

क्यापिटलले निष्काशन गरेको सो म्युचुअल फण्डमा प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा निष्कासन गरेको छ।

निष्काशन गरिएको कुल इकाई मध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्व-साधरणलाई बिक्री गर्न लागेको हो।

उक्त फण्डमा इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि एक करोड २० लाख इकाई सम्म आवेदन दिन पाउने छन।कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा छिटोमा जेठ १७ गते सम्म  र ढिलोमा  जेठ २६ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

यो १० वर्ष अवधिको बन्दमुखी योजना हो।उक्त फण्डको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आश्वा सदस्य अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर पोर्टल तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार