PalikaExpress
११ जेष्ठ २०७९, बुधबार
249 पटक हेरिएको

पालिका एक्सप्रेस, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्ब -साधारणको लागि साधारण शेयर (आईपीओ )निष्कासन गर्ने भएको छ।
कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ हजार कित्ताको ६७ लाख रूपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो ।
यस कम्पनीको लागि शेयर निष्कासन गर्न नियामक निकाय सेबोनले जेठ १० गते अनुमति प्रदान गरेको हो । यस लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।