१० जेष्ठ २०७९, मंगलवार   328 पटक हेरिएको


image

कुनै संसदीय फोहोरी खेलमा चुर्लुम्म डुवेको संसदीय दल र त्यही दलको नेता थिएन आम आद्मी पार्टी र केजरी वाल । यो आवाश्यकताको सिद्धान्त र औचित्यको आधारमा वैकल्पिक शक्तिको रुपमा जवरजस्त उदाएको राजनीतिक शक्ति हो । सामाजिक तथा राजनीतिक बिकृति तथा बिसंगतीको अन्त्य गर्न वरदान सावित बन्यो यो दल समस्त हिन्दुस्थानमा । आज यही अभियानले चमत्कार गरिरहेको छ भारत भरी । यस्को प्रभाव नेपालमा पनि विस्तारै पर्न थालेको छ । जव दिल्लीमा यो दलले ७० सिट मध्ये ६७ मा विजय प्राप्त गर्दै थियो यो शक्ति माथि पूराना राजनीतिक दलहरु, उच्च घरानाका मिडिया र कथित राजनीतिक विश्लेषकहरुबाट व्यापक आलोचना र विभिन्न शंका गरिदैं भनिएको थिथो कि: यो प्रतिक्रियावादीहरुको ग्राइण्ड डिजाइन हो, यो सामान्तवादी शक्ति हो । यस्ले केही गर्न सक्दैन बरु मौजुदा राजनीतिक संरचना भताभुंग मात्र पार्दछ । यसबाट सचेत हुन जरुरी छ ।
तर आफ्नो काम मार्फत ती सवै आरोपहरु/ शंकाहरुलाई मिथ्या सावित गर्दै आद्मी पार्टीले समाजका यावत बिकृति तथा बिसंगतिको अन्त्य गर्दै सभ्य सुसंस्कृत र आधुनिक समाजको स्थापना र बिकास मार्फत सुखी र खुशी नागरीक सहितको समृद्ध मुलुक निर्माण गर्दै विश्व जगतलाई चमत्कारिक सन्देश दिइरहेको छ । दृढ अठोट, संकल्प, त्याग,निष्ठा र निश्वार्थ भावना भएपछि असंभव केही नहुने रहेछ । हो आज यही सन्देश नेपालमा पनि प्रवाह भईरहेकोछ ।


खवरदार ! पूर्खाको रगत र पसिनाले आर्जेको प्राण भन्दा प्यारो देश कुनैपनि अमुक दल र तिनका नेताको बपौती होइन बोल्ने तर काम नगर्ने, पद ओगटिराख्ने दल र नेतालाई सधैंभरी जनताले समर्थन अव गर्ने छैनन । आम जनता आजित भईसकेका छन्, जनताले बिकल्प खोजिरहेका छन्, जनताको बिकल्पको परिणाम हो बालेन शाहहरु । हेर्दे जानुहोला आगामी निर्वाचनमा हजारौं यस्ता बालेन शाहहरुको उदय हुनेछन् । तसर्थ समय छदैं आफ्ना अदुरदर्शीता, अकर्मण्यता ,अनियमितता, अश्थिरता र अराजकता छोड्नुहोला । राष्ट्रहितको विषयमा सदभाव, सहयोग, सहमति, सहकार्य र एकताको साथ इमान, जमान र निष्ठाको साजनीति गर्नुहोला । ब्यक्तिगत र दलगत स्वार्थ त्यागेर मुलुकको समुन्नति र जनहितमा समर्पित हुनुहोला । सधै सरकार ढालेर अश्थिरता निम्त्याउने, ब्यक्तिगत हितको लागि राजनीति गर्ने बानी छोड्नुहोला । नातावाद र कृपावादको अन्त्य गरेर योग्यता, दक्षता,प्रविणता र कुशलताको आधारमा मात्र जिम्मेवारी र भूमिका दिने प्रचलन शुरु गर्नुहोला । अन्त्यमा जनताले अव दल र दलको नेता मात्र भनेर गणेश प्रबृति गर्ने छैनन । जनताले बिकल्प खोजिरहेका छन् । हजारौं बालेनहरु नेतृत्व लिन तयार भएका छन् । पृथ्वी शेष नागको टाउकोमा होईन, युवाहरुको काँधमा अडेको छ । सवैलाइ चेतना भया ।





सम्बन्धित समाचार