९ जेष्ठ २०७९, सोमबार   230 पटक हेरिएको


image

पालिका एक्सप्रेस, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यहि आउदो २०७९ जेठ १० गते भोलि देखि साधारण शेयर (आईपिओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले  आयोजना प्रभावित स्थानीयलाई १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस कम्पनीको आइपीओ निष्कासन तथा  धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखा कार्यालयबाट अवेदन दिन सक्ने जनाएको छ। 

यसै गरी, लगानीकर्ताले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओ निष्कासन बन्द छिटोमा जेठ २४ गते र ढिलोमा असार ८ गते सम्म रहने छ। 





सम्बन्धित समाचार