
पालिका एक्सप्रेस, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । लघुवित्त संस्थाको वैशाख २५ गते बसेको सञ्चालक समितिको ८७ औ बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा जेठ २८ गते कैलालीमा बिहान ११ बजे देखि सुरू हुने जनाएको छ ।
सोहि सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २० प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सोहि सभामा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा छलफल गरि पारित गरिने छ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सोहि आधारमा जेठ १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र सो साधारण सभामा भाग लिन र प्रश्ताबित लाभांश प्राप्त गर्न सक्ने छन् ।