PalikaExpress
७ जेष्ठ २०७९, शनिबार
266 पटक हेरिएको

पालिका एक्सप्रेस, सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको १०.७५ प्रतिशत व्याजदर भएको ‘१० बर्ष ,१०.७५ प्रतिशत, एसबीएल डिबेन्चर २०८९ ’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा बैशाख २५ गते निबेदन दिएको छ । बैंकले रुपैया १००० अंकित दरमा ४० लाख कित्ताको रू. ४ अर्ब रुपैया बराबरको ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन छ ।

कुल ४० लाख कित्ता मध्ये १६ लाख कित्ता ऋणपत्र सर्व-साधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ ।
यस बैंकको सो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।