PalikaExpress
६ जेष्ठ २०७९, शुक्रबार
185 पटक हेरिएको

पालिका एक्सप्रेस, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्ब- साधारणहरुको लागि साधारण शेयर (आईपिओ) जारि गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख ३२ हजार एक सय ६० कित्ताको १६ करोड ३२ लाख १६ हजार रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।
यस भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २०७८ चैत्र २ गते निवेदन दिएको हो ।
यस कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।