PalikaExpress
६ जेष्ठ २०७९, शुक्रबार
255 पटक हेरिएको

पालिका एक्सप्रेस, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्ब-साधारणको लागि साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्रि गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ लाख ८० हजार कित्ताको २२ करोड ८० लाख रूपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत २०७९ वैशाख ८ गते निवेदन दिएको हो ।
यस कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।