५ जेष्ठ २०७९, बिहीबार   221 पटक हेरिएको


image

पालिका एक्सप्रेस, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्ब साधारणको लागि निष्काशन गरेको आईपीओमा आबेदन दिने आज जेष्ठ ५ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले सो साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको छ ।

सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख कित्ता लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सी -आस्वा सेवामा सद्स्य भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार