PalikaExpress
२ जेष्ठ २०७९, सोमबार
209 पटक हेरिएको

पालिका एक्सप्रेस, बैंक अफ काठमाण्डौले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको १०.५ प्रतिशत व्याजदर भएको ‘७ बर्ष ,१०.५ प्रतिशत, बिओके डिबेन्चर २०८६ ’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा बैशाख २६ गते निबेदन दिएको छ । बैंकले रुपैया १००० अंकित दरमा ११ लाख कित्ताको रू. १ अर्ब १० करोड रुपैया बराबरको ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन छ ।
कुल ११ लाख कित्ता मध्ये ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्व-साधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख ६० हजार कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ ।
यस बैंकको सो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।