PalikaExpress
१ जेष्ठ २०७९, आईतवार
274 पटक हेरिएको

पालिका एक्सप्रेस,नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरु डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटरमा १०-१० रूपैयाँले बृद्दि गरेको छ ।

नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १७० ,१५३ रुपैयाँ पुर्याएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार राति देखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।
खरिद लागत यथावत रहने हो भने मूल्य समायोजन पश्चात पनि निगमलाई १५ दिनमा अनुमानित ४ अर्ब २५ करोड घाटा नै रहने स्थिति देखिएको जनाइएको छ ।