२० कार्तिक २०७७, बिहीबार   86 पटक हेरिएको


image

मेष 

पढाइ लेखाइतिर ध्यान जाने खालको समय रहेको देखिन्छ ।सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

वृष 

इस्टमित्र आफन्तजन बाट सहयोग प्राप्त हुनेछ, धन मान तथा प्रतिष्ठामा वृद्धि होला, तर दिउसो बाट टाउको दुख्ने समस्या हुनसक्ला, खानपानमा बिशेष ध्यान दिनुहोला। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला।

 मिथुन 

शैक्षिकयात्रा हुने खालको समय रहेको देखिन्छ ।पढाइ लेखाइतिर ध्यान जाने खालको समय रहेको देखिन्छ । जग्गा भवन आदीको कारोबारबाट फाइदा हुने छ ।

 कर्कट 

निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।परिबारले दिएको तनाब ले गर्दा तपाईंको स्वास्थ्य नराम्रो हुन सक्छ।

 सिंह 

आर्थिक स्थिति र वित्तीय समस्या भने तनाउको कारण बन्नेछन्। सुखद र सुन्दर साँझको लागि तपाईंको घरमा अतिथिहरूको भीड लाग्नेछ। तपाईंले प्रियले घृणा गरे बाबजुद आफ्नो प्रेम देखाउनुहुनेछ। तपाईंले वरिपरिका महत्वपूर्ण निर्णय गर्ने मानिसहरूलाई आफ्नो विचार प्रकट गर्नु भयो भने फाइदा हुनेछ – तपाईंलाई आफ्नो समर्पण र निष्कपटताका लागि सराहना गरिने सम्भावना छ।

 कन्या 

अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ।

 तुला 

रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

 वृश्चिक 

तपाइलाई आज पशुचौपाया बाट आक्रमण हुनसक्छ, जल तथा अग्नि भय पनि हुनसक्छ सकेसम्म नदि या तलाउ नगएकै राम्रो होला, तर पनि दिउसो बाट समय अनुकुल रहनेछ, आटेका काम पुरा हुनेछन ।

 धनु 

तपाईको लागि आजको दिन त्यति सारो फाइदाजनक रहेको देखिन्न ।पारिवारिक हिसाबले केहि दुख खप्नु पर्ने देखिन्छ । संयमित हुनुपर्ने छ ।

 मकर 

काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ।आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्नेछ ।

 कुम्भ 

रमाइलो गर्ने मुडमा हुनुहुन्छ । तपाईंलाई कहिल्यै नगएको ठाउँमा आमन्त्रित गरिन्छ भने अनुग्रहपूर्वक निमन्त्रणा स्वीकार गर्नुहोस्। तपाईंको दया र उदारताको फाइदा उठाउन खोज्दै छैनन् भन्ने निश्चित गर्नुहोस्। आफ्नो साथीमा शङ्का गरेकोले ठूलो लडाई हुन सक्छ।

 मीन 

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। केही समस्या देखिए पनि मिहिनेतले आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार