
पालिका एक्सप्रेस, रिभर फल्स पावर लिमिटेडले यहि २०७९ बैशाख २८ गते भोलि देखि सर्ब साधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
पावर कम्पनीले सर्व-साधारणका लागि प्रति शेयर १०० अंकित मूल्यमा २७ लाख ३० हजार कित्ताको साधारण शेयर निष्काशन गर्न लागेको हो।
जस मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ।
सर्व-साधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।यस कम्पनीको सो साधारण शेयर निष्काशन बन्द छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गते सम्म आबेदन दिन सकिने जनाएको छ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।यस पावर कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै मेरो शेयर एप र पोर्टलबाट आवेदन दिन सक्ने छन।यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।