२४ बैशाख २०७९, शनिबार   539 पटक हेरिएको


image

पालिका एक्सप्रेस, हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गते भोलि देखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो।यस कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा ९ लाख कित्ताको ९ करोड रुपैयाँ बराबरको मूल्यका साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो।

हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

यस हाइड्रोपावर कम्पनीको शेयर निष्काशन बन्द छिटोमा जेठ ८ गते र ढिलोमा जेठ २३ गते हुने जनाएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यस हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार