PalikaExpress
२२ बैशाख २०७९, बिहीबार
307 पटक हेरिएको

पालिका एक्सप्रेस,पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले साधारण शेयर निष्कासनको लागि अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

हाइड्रोपावर कम्पनीले बैशाख १२ गते आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्व-साधारणको लागि रुपैंया १०० अंकित दरमा ८० लाख कित्ताको ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ ।
यस हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।