१९ बैशाख २०७९, सोमबार   474 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले वैशाख २१ गते देखि ’१०.५० प्रतिशत,१० बर्ष  सेञ्चुरी डिबेन्चर २०८८’ नामक  ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

सेञ्चुरी कमर्शियल बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ताको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो।

सो ऋणपत्र मध्ये ८ लाख ८० हजार कित्ताको ८८ करोड रुपैयाँ बराबरको सर्व-साधारणलाई बिक्री गरिनेछ भने बाँकी १३ लाख २० हजार कित्ताको १ अर्ब ३२ करोड रुपैयाँ बराबरको व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्व-साधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सो ऋणपत्र खरिदका लागि छिटोमा वैशाख २५ गते ढिलोमा जेठ ४ गते सम्म आबेदन दिन सकिने भएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

ईच्छुक लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार